पर्सा, पुस ५ गते । नेपाल राष्ट्र बैंकका गभर्नर प्राध्यापक डा.विश्वराज पौडेलले मुलुकको अर्थतन्त्र बिस्तारै सुधारको लयमा फर्किएको बताउनुभएको छ ।
शुक्रबार अबेर वीरगञ्जमा आयोजित ‘अर्थतन्त्रको रूपान्तरणका लागि केन्द्र र मधेस प्रदेशमा नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक सरोकारवालाहरू सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बित्तिय क्षेत्र तथा उधोगी ब्यवसायीहरुसँग बोन्ड जारी गर्ने तथा आर्थिक क्षेत्रमा देखिएका बिभिन्न पक्षमा छलफल भइरहेकोले निराशाबाट आशा जगाउने काम नेपाल राष्ट्र बैंकले गरीएको बताउनुभयो ।
उहाँले प्रतिकुल परिस्थितिमा पनि मानिसले मिहिनेत गरेका छन् भन्दै सबै देश बिप्पन्न हुनुका पछाडि बिभिन्न कारण हुँदा यसबाट निराश नभई उच्च मनोबल लिएर काम गर्न वित्तिय संस्था र ब्यवसायीहरुसँग आग्रह गर्नुभएको छ।
गभर्नर डा.पौडेलले अर्थतन्त्रमा स्रोतको कमीभन्दा पनि आत्मविश्वास र मनोबलको कमी देखिएको उल्लेख गरे । यातायात पूर्वाधार र विद्युत् क्षेत्रमा लगानी बढिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले सबै क्षेत्रका समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंक प्रयासरत रहेको जानकारी दिनुभयो ।
‘‘जसरी मानिसलाई बाँच्न हावा र पानी चाहिन्छ, त्यसरी नै व्यवसायका लागि ऋण पाउनु सबैको अधिकार हो,’ उहाँले भन्नुभयो, ‘‘ऋणका लागि कसैलाई भनसुन गर्नुपर्ने अवस्था आउनुहुँदैन ।’’

गभर्नर पौडेलले बैंकहरूलाई साना र पहुँचविहीन समुदायसम्म कर्जा पुर्याउन तथा निजी क्षेत्रसँगको सम्बन्ध सुमधुर बनाउन निर्देशन दिनुभयो । मधेस प्रदेशमा पर्यटन क्षेत्रमा नयाँ अवसरहरू रहेको र त्यसमा थप मिहिनेत आवश्यक रहेको उहाँको धारणा थियो ।
नेपाल राष्ट्र बैंक बीरगञ्ज शाखा कार्यालय पर्साका प्रमुख निर्देशक सुशील पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बीरगञ्ज उधोग वाणिज्य सघका बरिष्ठ उपाध्यक्ष माधब लाल राजपाल लगायतका उधोगी ब्यवसायी र बित्तिय संस्था ब्यक्तिहरुले मुलुकमा देखिएको आर्थिक अवस्थाका बारेमा आफ्नो धारणा राखेका थिए ।
– कन्हैयालाल केशरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









