12/17/2025, 11:04:50
बुधबार, पुष ०२, २०८२

बढ्यो अमेरिकी डलरको मूल्य


काठमाडौँ, पुस २ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ ३५ पैसा र बिक्रीदर १४५ रुपियाँ ९५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ८६ पैसा र बिक्रीदर १७१ रुपियाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ०२ पैसा र बिक्रीदर १९५ रुपियाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपियाँ ५५ पैसा र बिक्रीदर १८३ रुपियाँ ३१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ४४ पैसा र बिक्रीदर ९६ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ ४८ पैसा र बिक्रीदर १०५ रुपियाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपियाँ ७० पैसा र बिक्रीदर ११३ रुपियाँ १७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३८ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६४ पैसा र बिक्रीदर २० रुपियाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ७५ पैसा र बिक्रीदर ३८ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ७७ पैसा र बिक्रीदर ३९ रुपियाँ ९३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५८ पैसा र बिक्रीदर ३९ रुपियाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ५८ पैसा र बिक्रीदर ३५ रुपियाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८५ पैसा र बिक्रीदर नौ रुपियाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६१ पैसा र बिक्रीदर १५ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८७ पैसा र बिक्रीदर २२ रुपियाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ६८ पैसा र बिक्रीदर १८ रुपियाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपियाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपियाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपियाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७९ रुपियाँ ०९ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..