काठमाडौँ, मङ्सिर २४ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५१ पैसा र बिक्रीदर १४४ रुपियाँ ११ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ०५ पैसा र बिक्रीदर १६७ रुपियाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपियाँ ३४ पैसा र बिक्रीदर १९२ रुपियाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ८८ पैसा र बिक्रीदर १७८ रुपियाँ ६२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ २५ पैसा र बिक्रीदर ९५ रुपियाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ६८ पैसा र बिक्रीदर १०४ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ६९ पैसा र बिक्रीदर १११ रुपियाँ १५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १९ पैसा र बिक्रीदर नौ रुपियाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ३१ पैसा र बिक्रीदर २० रुपियाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २४ पैसा र बिक्रीदर ३८ रुपियाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३७ पैसा र बिक्रीदर ३९ रुपियाँ ५४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५१ पैसा र बिक्रीदर चार रुपियाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ०७ पैसा र बिक्रीदर ३९ रुपियाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ८७ पैसा र बिक्रीदर ३५ रुपियाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७८ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३४ पैसा र बिक्रीदर १५ रुपियाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ३७ पैसा र बिक्रीदर २२ रुपियाँ ४६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ४४ पैसा र बिक्रीदर १८ रुपियाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपियाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपियाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ६९ पैसा र बिक्रीदर ३८२ रुपियाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७४ रुपियाँ ३१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










