12/09/2025, 10:47:05
मङ्गलबार, मङि्सर २३, २०८२

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, मङ्सिर २३ : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ८२ पैसा र बिक्रीदर १४४ रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ५४ पैसा र बिक्रीदर १६८ रुपियाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपियाँ ५४ पैसा र बिक्रीदर १९२ रुपियाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपियाँ ७४ पैसा र बिक्रीदर १७९ रुपियाँ ४८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ ४९ पैसा र बिक्रीदर ९५ रुपियाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ०३ पैसा र बिक्रीदर १०४ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ९३ पैसा र बिक्रीदर १११ रुपियाँ ४० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ३५ पैसा र बिक्रीदर २० रुपियाँ ४३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २९ पैसा र बिक्रीदर ३८ रुपियाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४७ पैसा र बिक्रीदर ३९ रुपियाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५१ पैसा र बिक्रीदर चार रुपियाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ १६ पैसा र बिक्रीदर ३९ रुपियाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ९७ पैसा र बिक्रीदर ३५ रुपियाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८० पैसा र बिक्रीदर नौ रुपियाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ २८ पैसा र बिक्रीदर १५ रुपियाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४३ पैसा र बिक्रीदर २२ रुपियाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ४८ पैसा र बिक्रीदर १८ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपियाँ ४५ पैसा र बिक्रीदर ४७० रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ५१ पैसा र बिक्रीदर ३८३ रुपियाँ १० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपियाँ ११ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..