12/08/2025, 00:43:38
आइतबार, मङि्सर २१, २०८२

आज समानुपातिक सूचीका लागि आवेदन दिने दिन


बाजुरा, मङ्सिर २१ गते । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि आइतबार समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गरेको छ ।

आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा आयोगले निर्धारण गरेको हो । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने २४ मंसिरमा प्रकाशन हुनेछ ।

आज आवेदन दिएका राजनीतिक दलले आगामी १३ र १४ पुसमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । त्यस्तै, ३० माघमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने निर्वाचन आयोगको तालिका छ ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुनेछन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..