12/08/2025, 00:43:36
आइतबार, मङि्सर २१, २०८२

जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा


काठमाडौँ, मङ्सिर २१ गते। प्रचण्डको साथ छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने उनीनिकटका कार्यकर्ताले विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् ।

आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा देखाएर कार्यकर्ताले विरोध जनाएका हुन् । शर्मा आज जिल्लास्थित पार्टी कार्यालय उद्घाटन र भोलि हुने युवाहरूको कार्यक्रममा सहभागी हुन आएका थिए ।

 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..