काठमाडौँ, मङ्सिर १९ — प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले सन्तोष परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । शुक्रबार प्रलोपाको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
परियार पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष समेत हुन् । त्यस्तै अध्यक्ष परिषद्की अर्की अध्यक्ष ओजस्वी भट्टराईलाई सहप्रवक्ताको जिम्मेवारी तोकिएको छ ।
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, रास्वपाका पूर्वप्रमुख सचेतक सन्तोष परियार र नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोब पक्ष मिलेर केही दिनअघि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको हो। पार्टीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराई पनि सहभागी छन् ।
पार्टीको संरक्षकमा पूर्वप्रधानमन्त्री भट्टराई रहनेछन् । पार्टीको सामूहिक नेतृत्व युवा, महिलासहित समावेशी बनाउने विधान मस्यौदामा छ । पार्टीको चुनाव चिह्न भने आँखा रहनेछ । यो दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











