काठमाडौं, मङ्सिर १० गते । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन्।
राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका वाग्लेले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको दाबी गरे। यसलाई सबैले स्वीकार गर्नुपर्ने उनको भनाई छ।
उनका अनुसार २०४८ सालको सरकारद्वारा शुरु गरिएको आर्थिक सुधारले नेपाललाई ७ प्रतिशतको औसत आर्थिक वृद्धि दरमा उकासेको थियो। यदि त्यसलाई निरन्तरता दिइएको भए हाल नेपालको अर्थतन्त्र करिब १ सय अर्ब डलरको आकारमा पुग्ने उनको भनाई छ।
तर हाल ४५ अर्ब डलर बराबरको अर्थतन्त्र रहेको उनले बताए। पछिल्लो डेढ दशकदेखि भने नेपालमा राजनीतिक–आर्थिक उथलपुथलको चक्रमा फसेको उनको भनाइ थियो। त्यसको प्रतिविम्ब भदौ २३–२४ का घटनाले पनि देखाएको भन्दै उनले जेन—जी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेको बताए।
उनका अनुसार यो संक्रमणको सफल व्यवस्थापन हुन सकेमा देशले नयाँ आर्थिक–राजनीतिक मार्ग प्राप्त गर्नसक्छ। तर असफलता भए पुनः प्रतिगमनको जोखिम गम्भीर रूपमा बढ्ने उनको दाबी छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












