जनकपुरधाम, मङ्सिर १० गते । जनकपुरमा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मङ्गलवार राति भगवान राम जानकीको विवाह सम्पन्न भएसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो । राम जानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार सम्पन्न भएको छ ।
वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ रामगिरीले रामका बुबा अर्थात राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थरामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात राजा जनकको भूमिका निर्वाह गरेका थिए । महन्थ रामतपेश्वर दास वैष्णवले कन्यादान गरेका थिए ।
वैवाहिक कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजन, साधु सन्त, जनकपुरधामका प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहेको थियो । यसअघि विवाह पञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर सम्पन्न भएको थियो । राम जानकीको स्वयम्वर हेर्नका लागि श्रद्धालुहरूको जनसागर नै उर्लिएको देखियो ।
स्वयम्वरका लागि मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि मैदानमा पुगेको थियो ।
जानकी मन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राममन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्थ राम गिरीले गरेका थिए ।
दुवै मन्दिरका डोलासँग साधु सन्तहरूसँगै हजारौँ श्रद्धालुहरूको पनि पनि सहभागिता थियो । स्वयम्वरको क्रममा जानकी मन्दिरका डोलासहित मन्दिरका महन्थ र पुजारीहरूले राम मन्दिरका डोलालाई विशेष पूजा गरेका छन् । पूजापछि रामको डोलालाई जानकीको डोलाले सात पटक परिक्रमा गरेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












