काठमाडौँ, मङ्सिर ९ गते । त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले बुधबार घरेलु टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल, इन्डोनेसिया र चाइनिज ताईपेइ सम्मिलित यस प्रतियोगितालाई नेपालले आफ्नो स्तर जाँच्ने अवसरको रुपमा लिएको छ ।
खेलअघि मङ्गलबार आयोजित प्रि-म्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक नविन न्यौपानेले इन्डोनेसियासँगको खेलका लागि नेपाली खेलाडी शारिरिक र मानसिक रुपमा तयार रहेको बताउनुभयो ।
‘‘घरेलु टोलीसँग खेल्न गाह्रो नै हुन्छ । तरपनि हामी कडा टक्कटर दिनेछौँ । छोटो तयारी गरेर आएपनि टोलीमा सबै खेलिरहेका खेलाडी भएकोले कुनै असर पर्दैन,’’ न्यौपानेले भन्नुभयो ।
नेपाली टोलीका कप्तान एन्जिला सुब्बाले पनि नेपालले पछिल्लो समय धेरै अन्तर्राष्ट्रिय खेल खेलिरहेकोले यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने बताउनुभयो ।
चोटका कारण प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर नरहेकोले नेपालाई उहाँहरुको अभाव खड्कने छ ।
इन्डोनेसिया जानुअघि प्रशिक्षक न्यौपानेले साम्बाबिना खेल्दा नेपाललाई लियोनम मेस्सीबिनाको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगल जस्तो हुने बताउनुभएको थियो ।
फिफा टायरअन्तर्गत खेल्न लागिएको यस प्रतियोगितालाई नेपालले आगामी महिला साफ च्याम्पियनसिपको तयारीको रुपमासमेत लिएको छ ।
यस्तै घरेलु टोली इन्डोनेसिया र चाइनिज ताईपेइका प्रशिक्षक तथा कप्तानले पनि उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्नुभयो । नेपालले दास्रो खेल डिसेम्बर २ तारिख चाइनिज ताईपेइसँग खेल्नेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















