काठमाडौँ, मङ्सिर ९ गते । नेपाल सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरेको छ ।
मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाएका सहायक भण्डारीलाई प्रधान सेनापति सिग्देलले आज जंगी अड्डामा आयोजित एक कार्यक्रममा दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको हो।
सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













