11/25/2025, 15:20:20
मङ्गलबार, मङि्सर ०९, २०८२

राष्ट्रपति पौडेलँसँग साउदी अरेबियाका राजदूत अबुहैमेदको शिष्टाचार बिदाइ भेट

©The Ambassador of Saudi Arabia to Nepal, H.E. Mr. Saad Nasser Abdullah Abu Haimed, pays a courtesy visit to the Rt. Honorable President Ramchandra Paudel at the Office of the President on November 25, 2025, ahead of his return to Saudi Arabia.

काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रपति  रामचन्द्र पौडेलसमक्ष नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि साउदी अरेबियाका राजूत महामहिम साद अबुहैमेदले शिष्टचार बिदाइ भेट गर्नुभएको राष्ट्रपति कार्यलयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल र साउदी अरेबियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध आपसी हित र चासोका विषयमा छलफल भएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

साथै राष्ट्रपति पौडेलले राजदूतलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..