11/23/2025, 15:53:41
आइतबार, मङि्सर ०७, २०८२

विद्यालयमा नेपाली वा मातृभाषा बोल्दा सजाय दिन नपाइने, सर्वोच्चद्वारा परमादेश जारी


काठमाडौँ, मङ्सिर ७ गते। सर्वोच्च अदालतले निजी विद्यालयले नेपाली वा मातृभाषा बोलेको आधारमा विद्यार्थीमाथि कुनै पनि प्रकारको कारबाही गर्न नपाउने परमादेश जारी गरेको छ ।

कानुनका विद्यार्थी आयुष बडाल, स्मृति अधिकारी र विवेक वख्रेलले दायर गरेको रिटमा गत बुधबार न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले फैसला गर्दै यस्तो आदेश दिएको हो ।

 

गत जेठ १३ गते दायर भएको उक्त रिटमाथि दोस्रो दिन जेठ १४ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तत्काल सुनुवाइपछि अदालतले मागअनुसार निर्णय गर्दै भाषिक स्वतन्त्रता, विद्यार्थीको मौलिक अधिकार तथा संवैधानिक सर्वोच्चताका सुनिश्चिततामा जोड दिइएको छ।

आदेशको पूर्णपाठ भने सार्वजनिक हुन बाँकी छ । कानूनका विद्यार्थीले यो कदमलाई संविधान, भाषा तथा भावी पुस्ताको सम्मान र अधिकारको रक्षा गर्ने ऐतिहासिक सफलताका रूपमा व्याख्या गरेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..