५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका लागि दोस्रो विदेश भ्रमण जुरेको छ। युरोपेली राष्ट्र अजरबैजानका लागि राष्ट्रपतिको भ्रमण जुरेको हो। पूर्वी युरोप र पश्चिम एसियाको बीचमा पर्ने युरोपेली राष्ट्रपति अजरबैजानको भ्रमणमा उनी कात्तिक अन्तिम साता जानेछन्। जलवायु परिवर्तन सम्बन्धी विश्वसम्मेलन (कोप समिट) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति अजरबैजान जान लागेका हुन्।
संयुक्त राष्ट्रसंघको आयोजनामा हुने सन् २०२४ को संस्करणको कोप समिट (२०२४) आगामी २६ कात्तिकदेखि ७ मंसिरमा अजरबैजानको राजधानी बाकुमा हुँदैछ। राष्ट्रपतिको पहिलो विदेश भ्रमणपनि युरोपमै भएको थियो। गत जेठमा उनी युरोपेली राष्ट्रहरू जर्मनी र स्वीट्जरल्याण्डको भ्रमणमा गएका थिए। यसमध्ये जर्मनीको भ्रमण द्वीपक्षीय थियो भने स्वीट्जरल्याण्डको भ्रमण जेनेभामा ३१ जेठमा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ सम्मेलनका लागि थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











