11/18/2025, 13:58:30
मङ्गलबार, मङि्सर ०२, २०८२

नेपाल आज मलेसियासँग भिड्दै


काठमाडौँ, मङ्सिर २ गते । एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम चरणको छनोटअन्तर्गत मङ्गलबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

क्वालालम्पुरस्थित बुकित जलिल नेशनल स्टेडियममा साँझ ६:४५ बजे सुरु हुने खेलमा नेपालले आफ्नो कमजोरी सुधार गर्ने लक्ष्य राखेको छ । नेपालले मलेसियासँग ६ महिनापछि प्रतिस्पर्धा गर्न लागेको हो ।

यसै छनोटको पहिलो लेगमा नेपाल मलेसियासँग २–० गोलको हार खेपेको थियो । नेपालका लागि आजको खेल मलेसियासँग बदला लिने मौका हुनेछ ।

समूह एफ अन्तर्गत जारी छनोटमा हरेक टोलीले चार चार खेल सक्दा मलेसिया शतप्रतिशत जितसहित १२ अङ्कका साथ शीर्षस्थानमा छ । यस समूहमा भियतनाम र मलेसिया पनि रहेको छ ।

सबै खेलमा हार खेपेको नेपालले मलेसियासँग खेल्नुअघि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

छनोटबाट बाहिरिएको नेपालका लागि मलेसियाविरुद्धको खेल अनुभवसँगै प्रतिष्ठाको लडाईं हुनेछ । मलेसियाले जित निकालेमा एसिया कपको ढोका खोल्नेछ ।

नेपाल र मलेसियाबिचको यस खेल घरेलु मैदान दशरथ रङ्गशालामा हुनुपर्ने थियो । तर एएफसीबाट दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्न अयोग्य ठहरिएपछि नेपालले घरेलु खेल पनि अरुकै मैदानमा खेल्नु परेको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..