11/14/2025, 19:24:26
शुक्रबार, कार्तिक २८, २०८२

उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जनाको उद्धार


काँक्रेविहार (सुर्खेत), कात्तिक २८ : उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

शुक्रबार डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट उद्धार गरिएको हो । उद्धार हुनेमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवल्दार मणिराज जोशी, प्रहरी हवल्दार जनकबहादुर कार्की, प्रहरी जवान नवराज भट्ट र प्रहरी जवान नरेन्द्र भट्ट रहेका छन् ।

उद्धार गरिएका पाँचै जना शे–फोक्सुन्डो गाउँपालिका–१ निजालगुम्बास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत थिए ।

नाम्दोबाट धो हुँदै दुनै पुग्ने भनेर हिँडेको करिब ३६ घण्टामा हिउँ र अत्यधिक चिसोले हिँड्न नसक्ने अवस्था आएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिनुभयो ।

पाँचै जनालाई हेलिकप्टरबाट सदरमुकाम दुनै झारेर सामान्य जाँचपछि थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले उहाँले बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..