02/27/2026, 23:58:55
शुक्रबार, फागुन १५, २०८२

तोलामा पाँच हजार रुपैयाँले बढे सुनको मूल्य


काठमाडौँ, २५ कात्तिक : सुनको मूल्य बढेको छ । नेपाल बजारमा आज सुन तोलामा पाँच हजार रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १७० रुपैयाँ पुगेको छ ।