11/10/2025, 16:04:37
सोमबार, कार्तिक २४, २०८२

काभा यु–१९ महिला भलिबलमा नेपाल उपविजेता


काठमाडौँ, कात्तिक २४ गते । नेपालले सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको छ ।

श्रीलङ्काको कोलम्बोमा आइतबार भएको फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो । किर्गिस्तानले नेपालमाथि २२–२५, २५–२०, २५–२१, १३–२५, १५–११ को जित निकालेको हो ।

चार टोली सहभागि प्रतियोगितामा नेपालले समूह चरणमा श्रीलङ्का र माल्दिभ्सलाई हराएको थियो । यस्तै नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई पन्छाउँदै फाइनलमा पुगेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..