चितवन, कात्तिक २१ गते । पुराना राजनीतिक दलहरूका गठबन्धनहरूमाथि आलोचनात्मक दृष्टिकोण राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी आफैँले भने आगामी चुनावका लागि अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेको छ ।
सौराहामा आयोजित पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धन गर्न सक्ने प्रस्ताव ल्याएका हुन् ।
यस्तो गठबन्धन रास्वपाको मौलिक पहिचान गुम्ने गरी चाहिँ बनाउने नहुने उनको अवधारणा छ ।
‘नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ । तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न दिइने छैन,’ कार्यवाहक सभापति अर्यालको प्रतिवेदनमा छ ।
प्रतिस्पर्धी दलहरूको आलोचना मात्र नगरी, आफ्ना नीति, कार्यक्रम र दृष्टिकोणलाई सकारात्मक तरिकाले प्रस्तुत गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।
‘चुनावमा गठबन्धन गर्ने कि एक्लै लड्ने भन्नेबारे स्पष्ट रणनीति बनाउनुपर्छ । यसका फाइदा र बेफाइदाहरूको गहिरो विश्लेषण आवश्यक हुन्छ । कहिलेकाहीँ गठबन्धनले पार्टीको मौलिक पहिचान गुम्ने खतरा पनि रहन्छ,’ उनले भनेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











