11/06/2025, 14:54:49
बिहिबार, कार्तिक २१, २०८२

नाम र चुनाव चिह्न होल्ड गर्न नेपाली कम्युनिष्ट पार्टीले आयोगमा दियो निवेदन


काठमाडौँ, कात्तिक २०  गते । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

आयोगका अनुसार एकता सम्मेलन घोषणा भएको दिन बुधवार नै उक्त दलका प्रतिनिधिले आयोगमा पुगेर दल दर्ताका लागि निवेदन पेश गरेका हुन् ।

दल दर्ताका लागि दिइएको निवेदनमा निर्वाचन चिह्न तारा मात्रै उल्लेख छ । त्यो बाहेक पार्टीका पदाधिकारी, सचिवालय तथा केन्द्रीय समितिमा के कति रहने भन्ने सङ्ख्या र नाम अहिले उल्लेख गरिएको छैन ।

राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था अनुसारको अनुसूची पछि पेश गर्ने गरी दलको नाम र निर्वाचन चिह्नसहित निवेदन मात्रै पेश भएको आयोगले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..