बुधबार, पुष १०, २०८१

मंगलबारदेखि अभिमुखीकरण तालिममा अनिवार्य रूपमा आईरिस सिस्टम लागू हुनेछ : वैदेशिक रोजगार विभाग


२८ असोज, काठमाडौं । मंगलबारदेखि अभिमुखीकरण तालिममा अनिवार्य रूपमा आईरिस सिस्टम लागू हुने भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिक दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम लागू गर्न लागेको हो । यसअघि असोज १५ गतेदेखि लागू गर्ने घोषणा गरेर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । अब भोलिदेखि अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स र आईरिस रिक्ग्नाइजेशन सिस्टम लागू गरिने विभागले जनाएको छ । सोही अनुसार तयारी गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई यसअघि नै परिपत्र गरिसकेको थियो ।

विभागले असोज ११ गते सूचना जारी गर्दै असोज १५ गतेदेखि आईरिस सिस्टम लागू गर्ने भनेको थियो । तर, अन्तिम समयमा आएर रोकिएको थियो । विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले तयारी नपुगेको भन्दै थप समय माग गरेकाले समय थप गरिएको जनाएको थियो । व्यवसायीहरूले भने आफ्नो तयारी पूरा भएको तर, विभागको उक्त सिस्टम लगाउन नचाहने मनसायले अनेक बहाना गर्दै आएको आरोप लगाउँदै आएका छन् ।

यसअघि गत वर्ष नै उक्त सिस्टम लागू गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न भनेको थियो । तर, हालसम्म लागू हुन सकेको थिएन । विभागले श्रमिकहरूलाई तालिमकमा लागि कक्षा कोठामा उपस्थित नै नभएका श्रमिकलाई तालिम दिएको प्रमाणपत्र दिएको पाएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारवाही गरेको थियो । पढाउँदै नपढाई तालिम लिएको भन्दै प्रमाणपत्र दिन थालेपछि विभागले बायोमेट्रिक सिस्टमलाई हटाएर आईरिस सिस्टम लागू गर्न खोजेको हो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading