काठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथ साढे २ बजे हुने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो ।
यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो ।
स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।
गणपतिलाललाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी गरिएको थियो ।
अन्तिम समयमा उनको मन्त्रालय हेरफेर गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । उनीहरुको नाम बिहान राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको स्रोतले जानकारी दियो ।













