२६ असोज, काठमाडौँ । दर्शकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको फिल्म ‘छक्का पन्जा–५’ले आफ्नो सिरिजका चार फिल्मको तुलनामा पाँचौले ओपनिङ कलेक्सनमा रेकर्ड बनाएको दाबी गरेका छन्। फूलपातीको दिन रिलिज भएको फिल्मबारे दर्शकबाट भने मिश्रित प्रतिक्रिया आइरहेको छ।
दीपा श्रीको अभिनय नरहेको फिल्ममा आर्यन सिग्देललाई पृथ्वीनारायण शाह बनाउँदै केमियोमा खेलाएको टिमको दाबी अनुसार यसको ओपनिङ कलेक्सन दुई करोडभन्दा माथि छ। यस अगाडिका फिल्मको ओपनिङमा पाएको शो सङ्ख्या र रिलिज भएपछिको प्रतिक्रिया हेर्ने हो भने त्यस्तो माहौल पाँचौँ शृङ्खलामा देखिएको छैन। इमानदार सरकारी कर्मचारीको कथामा बनेको फिल्ममा अनावश्यक रूपमा राष्ट्रभक्ति मिसाउँदा फिल्मको कथा निकै कमजोर रहेको प्रतिक्रिया आइरहेका छन्।

उता एकै दिन रिलिज भएको १२ गाउँले आक्रामक व्यापार गर्दै शो सङ्ख्याहरू समेत बढाइरहेको छ। १२ गाउँको निर्माण टिमले ओपनिङ कलेक्सनको आँकडा सार्वजनिक गरेको छैन। एक्सन जनराको बलियो फिल्मको रूपमा प्रशंसा भए पनि कथानक भने निकै कमजोर देखिएको दर्शकहरूबाट प्रतिक्रिया आइरहेका छन्।
तेस्रो फिल्म ज्वाइँ साबको शो सङ्ख्या घटे पनि पाएको शोको अकुपेन्सी बलियो देखिन्छ। फिल्मको कथामा गडबड रहेको र सस्पेन्सहरु राखे पनि निर्देशकले सस्पेन्स खुलाउन नसक्दा कथा अन्योलपूर्ण रहेको प्रतिक्रिया आइरहेका छन्। जितुको अभिनयको भने प्रशंसा भइरहेको छ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!












