10/17/2025, 16:29:04
शुक्रबार, कार्तिक ०१, २०८२

सात हजार एक सयले बढ्यो सुनको मूल्य


काठमाडौँ, असोज ३१ : सुनको मूल्य शुक्रबार सात हजार एक सय रुपियाँले बढेर तोलामा दुई लाख ५८ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुन १० ग्रामकै दुई लाख २१ हजार १९५ रुपियाँ पुगेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको थियो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ७५ रुपियाँले बढेर चाँदी तोलामा तीन हजार ३५० रुपियाँ कायम भएको महासङ्घले जनाएको छ । यसअघि बिहीबार चाँदी तोलामा तीन हजार २७५ रुपियाँ कायम भएको थियो ।

विगत एक महिनामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४३ हजार रुपियाँ बढेको छ । गत भदौ ३० गते सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार रुपियाँ थियो ।