गोरखा । चाडवाडको मौका छोपेर यात्रुसँग बढी भाडा लिएको गुनासो बढेसँगै गोरखा प्रशासनले निगरानी बढाएको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामु राज कडरिया, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखसहितको टोलीले टिकट काउण्टर र बजार क्षेत्रमा छड्के चेकजाँच गरेको छ ।
ठाउँ ठाउँमा छड्के चेकजाँच समेत भइरहेको बताइएको छ । चलानी काटेर नजाने र बढी भाडा लिनेलाई कारवाही समेत गरिएको जिल्ला प्रशासन कार्यालयले जनाको छ ।