01/05/2026, 11:11:54
सोमबार, पुष २१, २०८२

निर्वाचन गराउन सकारात्मक भूमिका खेल्ने माओवादी केन्द्र सचिवालय बैठकको निर्णय


२० असोज, काठमाडौँ : माओवादी केन्द्रको सचिवालय बैठकले घोषित मितिमा निर्वाचन गराउन सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले निर्वाचन गराउन वातावरण बनाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । सापकोटाले  भने, ‘घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्नेछौँ, त्यसका लागि सम्बन्धित पक्षसँग छलफल गर्नेछौँ ।