२१ असोज, काठमाडौं । सुनको मूल्यमा आज पनि गिरावट आएको छ। आइतबार घटेको सुनको मूल्य आज थप घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एक लाख ६० हजार पाँच सय रुपैयाँमा झरेको छ।
शुक्रबार हाल सम्मकै उच्च मूल्यमा कारोबार भएको सुन हिजो ३ सय रुपैयाँ घटेर १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो। हिजोको मूल्यमा आज थप पाँच सय रुपैयाँ घटेको महासंघले जनाएको छ।

गएको सुक्रबार सुनको मूल्य १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य अहिले सम्मकै सबैभन्दा महँगो हो। चाँदीका मूल्यमा पनि आज गिरावट आएको छ। हिजो चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















