काठमाडौं, असोज ८ :आज नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपियाँ तोकिएको छ।
गत मङ्गलबार प्रतितोला २ लाख २१ हजार रुपियाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रुपियाँले बढेको हो। यसैगरी, तेजाबी सुन प्रतितोला २ लाख २२ हजार ३०० रुपियाँ कायम गरिएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, कच्चा तेलको मूल्यवृद्धि र भूराजनीतिक तनावका कारण लगानीकर्ताहरू सुरक्षित मुद्राको रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्य निरन्तर बढिरहेको विश्लेषकहरूले बताएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















