09/23/2025, 00:00:43
सोमबार, असोज ०६, २०८२

सिद्धार्थ हस्पिटालिटीद्वारा स्वीमिङ पुल वाटर फन पार्कसहितको सिद्धार्थ कटेज सञ्चालनमा


धनगढी, असोज ६ : कैलालीको टीकापुरबाट होटल व्यवसाय सुरु गरेको सिद्धार्थ हस्पिटालिटीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

सिद्धार्थ हस्पिटालिटीले धनगढीमा स्वीमिङ पुल वाटर फन पार्कसहितको सिद्धार्थ कटेज सञ्चालनमा ल्याएको हो । कटेज निर्माणमा १७ करोड रुपियाँ लगानी भइरहेको सिद्धार्थ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले बताउनुभयो । “निर्माणको केही काम अझै भइरहेकाले लगानी बढ्न पनि सक्छ” उहाँले भन्नुभयो ।

पौडेलका अनुसार कटेजमा विलासी रेस्टुरेन्टसहित डेढ हजार जना क्षमताको ब्याङ्केटसमेत छ । ब्याङ्केटमा नेपालीसहित भारतीयसमेतले विवाह पार्टी राख्न सक्ने सिद्धार्थ हस्पिटालिटीले आज पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी दिएको छ ।

स्वीमिङ पुलसहितको वाटर फन पार्कले आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने जनाइएको छ ।

– अविनाश चौधरी