बुधबार, पुष १०, २०८१

काठमाडौँबाट भैरहवा चार्टर्ड उडानको लागि नेपाल एयरलाइन्सको नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति


२० असोज, काठमाडौं । नेपाल एयरलाइन्सले न्यारोबडी जहाजमार्फत भैरहवा उडान गर्न अनुमति मागेको छ । एयरलाइन्सले फूलपातीको दिन काठमाडौँबाट भैरहवाका लागि चार्टर्ड उडान भर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको हो । प्राधिकरणका सूचना अधिकारी नेपाल एयरलाइन्सले अनुमतिका लागि पत्र पठाएको उल्लेख गर्दै यो स्वीकृतिको चरणमा रहेको बताए ।

उहाँहरुले अक्टोबर १० (फूलपातीको दिन)का लागि चार्टर्ड उडानको अनुमति माग्नुभएको छ, त्यो स्वीकृतिको प्रक्रियामा छ ’ उनले भने ।

न्यारोबडी जहाजले एक पटकमा १६० जना बोक्न सक्छ । यो जहाज क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । अहिले नियमित रूपमा उडान हुँदै आएका जहाजको क्षमता भने ७२ सिटको हुन्छ ।

सडक अवरुद्ध हुँदा यात्रुको चाप बढेसँगै विकल्प खोजिएको क्यानले जनाएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading