09/18/2025, 23:04:27
बिहिबार, असोज ०२, २०८२

फिल्म ‘माइतीघर’को ट्रेलर युट्युबमा सार्वजनिक


२ असोज, काठमाडौं : दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।

ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत प्रकाश पारेको छ । पारिवारिक कथावस्तुको यो फिल्मको केन्द्रमा उपासनासिंह ठकुरी छिन् । प्रकाश सपुत, धीरज मगर, केदार घिमिरे, श्यामाश्री शेर्पालाई पनि चित्रण गरिएको छ ।

तामाङ समुदायको कथा भएपनि यो फिल्मको छायांकन म्याग्दीको ताकममा गरिएको हो । मिलन तामाङ निर्देशित फिल्म रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।

निर्मातामा रविन शेरचन र धीरज तामाङ छन् । यो फिल्म दशैं फूलपाती अवसरमा १३ असोजमा प्रदर्शन तयारीमा छ ।