09/17/2025, 16:36:21
बुधबार, असोज ०१, २०८२

राष्ट्रपतिले संविधान दिवस मनाउने, शीतल निवासमा राखे कार्यक्रम


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा कार्यक्रम राखेका छन् ।

उपस्थितिका लागि राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरेका छन् । राष्ट्रपति पौडेलले यही असोज ३ गते शुक्रबार अपराह्न साढे ३ बजे कार्यक्रम राखेका हुन् ।

सरकारले पनि संविधान दिवस मनाउँदै छ । गृह मन्त्रालयका अनुसार संविधान दिवस सामान्य रूपमा बनाउने तयारी सरकारको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..