09/14/2025, 14:01:09
आइतबार, भदौ २९, २०८२

सुनको मूल्य तोलामा सात सयले घट्यो


काठमाडौँ, भदौ २९ :गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु. ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु. दुई हजार ५७० कायम भएको छ ।

गत शुक्रबार एक तोला सुन रु. दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी रु. दुई हजार ५६५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।