काठमाडौं । भर्खरै प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति कार्यालय शीतल निवास छिरेका छन् ।शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्न लागेको छ ।
ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि कानूनी विकल्प खोज्न बैठक बस्ने भएको हो ।
स्रोतका अनुसार अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुटेको छैन । बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो ।
तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ । धोका नहुने र जेनजीहरूको माग पूरा गर्ने राष्ट्रपति र प्रधानसेनापतिले आश्वस्त पारेपछि सबै समूह सहमति नजिक पुगेको स्रोतले बताएको छ ।