१८ असोज, काठमाडौं । सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङका प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्ता क्षेत्र घोषणा गर्नका लागि सिफारिस गरेको थियो।
लगत्तै साँझ बसेको मन्त्रिपरिषद् बैठकले बढी क्षति भएका जिल्लाका स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको एक मन्त्रीले जानकारी दिए। गत असोज ११ १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरुको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














