09/10/2025, 15:56:53
बुधबार, भदौ २५, २०८२

आधारभूत सेवा प्रवाहका लागि सचिवहरूसँग छलफल गर्दै मुख्य सचिव अर्याल


काठमाडौँ, भदौ २५ : नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दै छन् ।

वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

जेन– जीको आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि देशको कमान्ड नेपाली सेनाले गरिरहेको छ । हाल देशभर कर्फ्यु जारी छ ।

 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..