१७ असोज, काठमाडौं । आजबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ मा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ। रिलिजको बिहानी-पखबाट नै यस फिल्मले राम्रो साथ पाएको हो। काठमाडौँ लगायत मोफसलका हलहरूमा दिउँसोको शोमा अकुपेन्ची राम्रो देखिएको छ। अधिकांश हलहरुमा दर्शकहरुको संख्या शतप्रतिशत छ। साँझपखका शोहरूमा पनि अग्रिम बुकिङ वृद्धि भइरहेको छ।
यसैबीच, फिल्मका मुख्य कलाकारहरु दर्शक साक्षात्कार गर्न हल पुगिरहेका छन्। उनीहरू लबिम मल, बिग मुभिज लगायतका हलमा पुग्दा दर्शकहरूको बाक्लो भिडभाड देखिन्छ। फिल्मको तारिफ गर्दै अभिनेत्री स्वस्तिमा खड्का सहितका कलाकारसँग दर्शकहरुले तस्बिर खिचिरहेका छन्। यस फिल्ममा स्वस्तिमा र निश्चलसहित बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय छ।

नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई प्रस्तुत गरिएको छ। ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ। यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्। सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









