09/05/2025, 17:00:51
शुक्रबार, भदौ २०, २०८२

चलचित्र ‘रिमै’ आजबाट देशभर प्रदर्शनमा


काठमाडौँ, २० भदौ : चलचित्र ‘रिमै’ आजबाट प्रदर्शनमा आएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘रिमै’ आजबाट देशभर प्रदर्शनमा आएको हो ।

दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको फिल्म गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको  हो ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्म शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..