09/05/2025, 16:50:53
शुक्रबार, भदौ २०, २०८२

आज मानव बेचबिखनविरुद्धको १९ औँ राष्ट्रिय दिवस


काठमाडौँ, २० भदौ : मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज काठमाडौँका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको र्‍यालीसहित यो दिवस मनाइएको हो ।

यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो: मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदै छ । मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ ।

र्‍यालीमा सहभागी हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्नुहुँदै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताए ।

र्‍यालीमा सहभागीहरूले हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज, सबै सचेत र सजग रहौँ, दलाललाई कानुनी कठघरामा उभ्याऔँ, बेचबिखन अपराध हो सचेत रहौँ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..