09/04/2025, 15:59:48
बिहिबार, भदौ १९, २०८२

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिह्न


काठमाडौँ , भदौ १९ : नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइ दिएर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

भदौ १३ गते मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको थियो  । उनले आजै प्रहरी महानिरीक्षकको पदभार ग्रहण गर्ने छन् ।

दज्र्यानी चिह्न सुशोभन कार्यक्रममा नवनियुक्त आईजीपी खापुङले देश र संगठनका लागि आफु समर्पित हुने बताए । उनले सकेको राम्रो गर्ने, तर नराम्रो नगर्ने उल्लेख गरेका छन ।

प्रहरीमा रहेर संगठन बिपरितको कार्य गर्नेलाई दवाव र प्रभावमा संरक्षण नभइ कारवाहीको दायरमा ल्याएर अन्यलाई सबक सिकाउन सके संगठनको मान कायम रहने उनको भनाइ छ ।

त्यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले सरकारले राखेको अपेक्षा प्रहरी संगठनले पुरा गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । शान्ति, सुरक्षाका साथै सुशासन कायम गर्न प्रहरीको अहम भूमिका रहेकाले सवै नागरिकलाई सुरक्षित महशुस गराउनु सवैको कर्तव्य भएको उनले उल्लेख गरे ।

खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..