09/04/2025, 03:45:42
बुधबार, भदौ १८, २०८२

गाजामा भएको इजरायली आक्रमणमा एक सयभन्दा बढीको मृत्यु


गाजा, भदौ १८ : गाजामा बुधबार भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या एक सय १२ पुगेको छ । तीमध्ये सहायताको खोजीमा रहेका २४ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएका छन् ।

अलशिफा अस्पतालमा ३६, शेख रादवान क्लिनिकमा पाँच जना, अलअहली अरब अस्पतालमा १३, अलअवदा अस्पतालमा १२, अल अक्सा शहीद अस्पतालमा छ र नासेर अस्पतालमा ४० जना मारिएका छन् । सन् २०२३ अक्टोबर ७ देखि इजरायली एकाइले गाजा पट्टीमा अभूतपूर्व आक्रमण जारी राखेको छ, जसमा हत्या, भोकमरी, विनाश र जबरजस्ती विस्थापन समावेश छन् ।

यस आक्रमण रोक्न अन्तर्राष्ट्रिय अदालत र विश्व समुदायका सबै आह्वान र आदेशहरूलाई बेवास्ता गरिएको छ । पट्टीमा यस आक्रमणको परिणाम स्वरूप अहिलेसम्म ६३ हजार छ सय ३३ शहीद र एक लाख ६० हजार नौ सय १४ घाइते भएका छन् । तीमध्ये अधिकांश बालबालिका र महिला छन् । त्यस्तै नौ हजारभन्दा बढी व्यक्ति बेपत्ता छन् र सयौँ हजार विस्थापित भएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..