काठमाडौँ, भदौ १४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले इमानदार नेता र अनुशासित नागरिक हुनसके देशको विकास सम्भव हुने बताउनुभएकोछ ।
काठमाडौँमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २९ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले मुलुकको सुशासन र समृद्धिमा जोड दिन इक्यानजस्ता संघले महत्वपुर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । पछिल्लो समय विदेशमा विद्यार्थी अध्ययन गर्न जाने संख्या बृद्धि हुदैगर्दा स्वदेशमै युवा फर्काउन जरुरी रहेको उहाँले बताउनुभयो ।
युवा उच्च शिक्षाका लागि विदेश जानु सकारात्मक हो, तर इक्यानकै पहलमा ती युवालाई स्वदेशमा भविष्य देखाउने दायित्व पनि हुनुपर्ने मन्त्री गुरुङले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “इक्यानले विदेशमा गएका विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गरी स्वदेशमै नविन कार्य गर्न प्रोत्साहित गर्नुपर्छ ।”
मन्त्री गुरुङकाअनुसार नेपाल विकासका प्रशस्त सम्भावना भएको देशलाई शैक्षिक हब बनाउने आधार सिर्जना गर्न पनि क्यानलाई सुझाव दिनुभयो । यसका लागि शिक्षा नीति, ऐन र कानुनको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले स्वदेशमा युवाको उत्साहलाई टिकाउनु अहिलको मुख्य विषय बनेको बताउनुभयो । कार्यक्रममा इक्यानका अध्यक्ष शेसराज भट्टराईले विश्वमा नेपाली विद्यार्थीले प्रतिस्प्रर्धा गर्न सक्ने हुनु, नविन कार्यमा प्रतिष्ठीत हुँदै जानु इक्यानको सफलता रहेको बताउनुभयो । यसलाई सरकारले सकारात्मक रुपमा धारणा बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
यद्यपि इक्यानले विश्वमा गुणस्तर शिक्षा प्राप्त गरेका विद्यार्थीलाई फर्केर स्वदेशमै सेवा गर्ने भावनाको विकास गराउने इक्यानको भावी उद्देश्य रहेको पनि प्रष्ट पार्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














