११ भदौ, काठमाडौं : बुधबार सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँ बढेको हो ।
हिजो १ लाख ९८ हजार ७ सय रुपैयाँ थियो । साउन २३ गते सुनको भाउले हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको छ । तीन साता नपुग्दै सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको हो ।
चाँदीको भाउ घटेको छ । अघिल्लो दिन २३६० रुपैयाँ रहेकोमा आज १५ रुपैयाँ घट्दै २३४५ रुपैयाँमा झरेको छ ।