08/25/2025, 01:26:55

राष्ट्रिय वाणिज्य बैँकको कर्जामा चाडपर्व लक्षित अफर सार्वजनिक


काठमाडौँ, भदौ ८ : राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ ।

बैँकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोडसम्म प्रदान गर्न सकिने उल्लेख छ । यसैगरी, विद्युतीय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि सात वर्ष अवधिको ६ दशमलव १० प्रतिशत ब्याजदरमा एक करोडसम्मको कर्जा उपलब्ध गराउने बैँकले जनाएको छ ।

बैँकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि एक करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको सङ्ख्या अधिक रहने भएका कारण सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताउनु भयो ।