काठमाडौं, पुस १४ गते । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्ष अवधिका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘क’ उपकरण निष्कासन गर्न लागेको हो ।
यसको बोलकबोल सोमबार मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । यसको सावाँ आगामी २०८३ पुस १४ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । ऋणपत्रको परिपक्व मितिअगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











