08/23/2025, 15:22:06

करेन्ट लागेर धनगढीमा एक जनाको मृत्यु


चौमाला (कैलाली) भदौ ७ : कैलालीको धनगढीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ दिपनगरस्थित सोही ठाउँ बस्ने २० वर्षीय युघिस्टर बुढामगरको शुक्रबार मृत्यु भएको हो ।

बुढामगर आफ्नै घर नजिकै रहेको हल्दुको रुखमा चढी रुखको हाँगा काट्टने क्रममा उक्त हाँगा नजिकै रहेको विद्युतको हाइटेन्सन लाइनमा छुन गई उहाँलाई करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उहाँलाई उपचारका लागि सेती प्रादेशीक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।