१५ असोज, काठमाडौं । त्रिभुवन विमानस्थल आसपासमा मात्रै एकै पटक १० जहाजले उडान भरेका छन्। आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चाप बढ्दा त्रिभुवन विमानस्थलमा उडान र अवतरणको संख्या बढेको हो।
बैंकक–काठमाडौं उडान थाई एयरवेज, विराटनगरबाट काठमाडौं आइरहेको बुद्ध एयर, भैरहवाबाट काठमाडौं आएको यती एयरलाइन्स, भद्रपुरबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्स, सुर्खेतबाट काठमाडौं आउँदै गरेको बुद्ध एयर, हेलिकप्टर लगायतले एकै पटक काठमाडौं आसपासमा उडान भरेका हुन्।

सडक यातायात अवरुद्ध भएको र चाडपर्वको कारणले उडानको चाप हुँदा जहाजले काठमाडौंमा केही समय होल्ड गर्नुपर्ने अवस्था रहेको वायुसेवा कम्पनीले जानकारी दिएका छन्।
सोमबार त्रिभुवन विमानस्थलबाट ५५९ उडान तथा अवरण भएका छन्। आन्तरिक उडान २२७ र अवतरण २२१ भएको जानकारी दिएका छन्। यसमा हेलिकप्टर उडान तथा अवरण समेत रहेको छ। अन्तर्राष्ट्रिय तर्फ ५५ वटा बाहिर जाँदा ५६ जहाजले त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















