१५ असोज, काठमाडौं । घटस्थापनाको दिन रिलिज हुने फिल्म ‘बेहुली फ्रम मेघौली’ को अग्रिम बुकिङ खुलेको छ। सोमबारदेखि नेपाली सिनेमाघरहरुले फिल्मको एडभान्स बुकिङ खुल्ला गरेका छन्। देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर ‘बेहुली फ्रम मेघौली’लाई कुल ७३ शो उपलब्ध गराएको छ। जसमा काठमाडौं उपत्यकामा ३२ र मोफसलमा ४१ शो बुकिङ खोलेको छ।
यस्तै, आइएनआई सिनेमाजले काठमाडौंका दुई हल र बुटवलमा गरि १४ शो दिएको छ भने वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीमा गरी ९ शो दिएको छ। यसैगरी बिग मुभिजले ६ शो र एफक्युबले ७ शो दिएका छन्। केही हलहरुमा एड्भान्स बुकिङ खुल्ला हुन बाँकी नै छ। सम्भवतः पहिलो दिनका लागि सिनेमाले दुई सय बढि सो पाउनेछ। सिनेमालाई साजन काफ्ले र आकाश बरालको संयुक्तरुपमा निर्देशन गरेका हुन्।
अभिनेत्री स्वस्तिमा खड्काको निर्माण डेब्यू आक्रामक ओपनिङ गर्ने देखिन्छ। यस फिल्ममा स्वस्तिमा खड्का र निश्चल बस्नेतको साथमा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय छ।
नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ। यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्। सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










