नारायणगढ, भदौ १ : नारायणगढ–मुग्लिन सडकको तुईन खोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । आइतबार बिहान करिब ४ः२० बजे इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित मुग्लिङ नारायणगढ सडक खण्डमा माथिबाट सुख्खा पहिरो खस्दा दुईतर्फी बाटो अवरोध भएको हो ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार ठुलो ढुङ्गाहरू खसेका कारण सडक अवरुद्ध भएको हो । पानी नपरेका कारण डिभिजन सडक कार्यालयसँग पहिरो हटाउने पहल समन्वय भइसकेको उहाँले जनाउनुभयो । अहिले सो सडक खण्डमा यातायात अवरुद्ध छ ।