१४ असोज, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा डिनेश डिसी नियुक्त भएपछि उलेख्य मात्रामा फिल्मकर्मीहरुले सुविधा पाउन थालेका छन्। अब चलचित्र विकास बोर्डको हलमा फिल्म तथा गीत-संगीत सम्बन्धी कार्यक्रमका लागि मेकरलाई २ घन्टा निःशुल्क हल उपलब्ध पाउने छन्। बोर्डले हालै यो घोषणा गरेको हो।
बोर्डका सदस्य रवि अधिकारीका अनुसार, फिल्मको गीत, ट्रेलर, टिजर, पोस्टर लगायतका प्रचार सामाग्री सार्वजनिक गर्नका लागि आयोजना गरिने पत्रकार सम्मेलनका लागि बोर्डले निःशुल्क हल उपलब्ध गराउन लागेको हो। कुनै अवार्ड, प्रिमियरका लागि भने हल निःशुल्क उपलब्ध नहुने अधिकारीले जानकारी दिए।
मेकरले आफ्नो कार्यक्रम २ घन्टा भित्र सक्नुपर्नेछ। २ घन्टा भन्दा लामो कार्यक्रम भएको खण्डमा भने निर्माताले रकम तिनुपर्नेछ। चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएसँगै दिनेश डीसीले सुधारका विभिन्न कामहरू गरिरहेका छन्।उनको कामप्रति फिल्मकर्मीहरु उत्साहित भएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














